Deshko News
१२ मंसिर २०८०, मंगलबार

तिहारमा प्लाष्टिकको फूलका माला बिक्री गर्न नपाइने


 


तुलसीपुर, कार्तिक १३ । दाङका दुई पालिकाले तिहारमा प्लाष्टिकका फूलका माला बिक्री गर्न नपाउने नियम लगाएको छ ।

जिल्लाका तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले यस्तो नियम लगाएका हुन् ।

सर्वसाधारणमा प्राकृतिक फूलका मालाहरु प्रयोग गर्न तथा प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु प्रयोग नगर्न आग्रह गरिएको छ ।

दाङका दस पालिकामध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते यस्तो निर्णय गरेको थियो। उसले प्लाष्टिकजन्य नक्कली फूलका मालाहरु बिक्री वितरण तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्ने समेत चेतावनी दिइसकेको छ।

पालिकाले कष्डाई गरेपछि तुलसीपुर क्षेत्रमा यसपालि प्लाष्टिकजन्य मालाहरू देखिएका छैनन्।

लमही नगरपालिकाले पनि आइतबार सूचना जारी गर्दै प्लाष्टिकजन्य मालाहरु प्रयोग नगर्न र प्राकृतिक रूपमा फूलेका फूलका मालाहरु मात्रै भाईटिकामा प्रयोग गर्न आग्रह गरेको छ।

यो निर्णयसँगै व्यवसायिक फूलखेती गर्दै आएका किसानहरू हौसिएका छन्।

प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्