एकीकृत समाजवादीका सचिवालय सदस्य दलबहादुर एमालेमा प्रवेश

पोखरा, कार्तिक १३ । नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालय सदस्य दलबहादुर गुरुङ एमालेमा प्रवेश गरेका छन् ।
पोखरामा आयोजित एमाले गण्डकीको शपथ ग्रहण कार्यक्रममा गुरुङ अध्यक्ष केपी ओलीको हातबाट खादा लगाएर पार्टी प्रवेश गरेका हुन् ।
उनीसंगै जिल्ला सचिवालय सदस्य बाबुराम भण्डारी, जिल्ला सदस्य पदम गुरुङ, असिम गुरुङ, प्रताप गुरुङ, माछापुच्छ्रे उपाध्यक्ष कृष्ण गुरुङ लगायत ८५ जना पार्टी प्रवेश गरेका एमाले गण्डकीका सचिव धनन्जय दवाडीले जानकारी दिए
प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार