ज्ञानेन्द्र शाहलाई राजा घोषणाकाे माग गर्दै मोटरसाइकल र्‍याली निकालिने


 


काठमाडौँ, कार्तिक १४ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली निमालिने भएको छ ।

शाही युवा शक्ति नेपालले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राजसंस्थाको पक्षमा र्याली निकाल्ने जानकारी दिएको हो ।

गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्नका लागि जनदवाब सिर्जना गर्न कात्तिक १८ गते विशाल मोटरसाइकल र्‍याली आयोजना गर्न लागिएको शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले बताए ।

उक्त विशाल मोटरसाइकल र्‍याली मध्यान्ह साढे १२ बजे विजी महल अगाडिबाट सुरु हुनेछ ।
राजा, राजसंस्था र हिन्दुराष्ट्रका लागि जनता स्वतस्फूर्त सडकमा आउन आवश्यक रहेको अध्यक्ष खड्काले बताए ।

उनले राजाको पक्षमा राष्ट्रिय झण्डासहित स्वतस्फूर्त सडकमा आउन सबैमाझ आह्वान समेत गरे ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्