संसदमा गुटेरेसले आफूसहित सांसदलाई पनि गराए मौन धारण

काठमाडौं, कार्तिक १४ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा शान्ति स्थापनाका लागि नेपालको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
मंगलबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा शान्ति सेना खटाएर नेपालले पनि विश्वमा शान्ति स्थापनाका भूमिका खेलेको बताए ।
उनले शान्ति स्थापनाका लागि खटिँदा ज्यान गुमाएका नेपाली सैनिक र प्रहरीको सम्मानमा संसदमै एक मिनेट मौनधारण समेत गरे । गुटेरेसको आग्रहमा सांसदहरूले पनि शान्ति सेनामा खटिँदा ज्यान गुमाएका नेपाली सैनिकहरूको सम्मानमा मौन धारण गरे।
गुटेरेसको आग्रहमा सांसदहरूले पनि शान्ति सेनामा खटिँदा ज्यान गुमाएका नेपाली सैनिकहरूको सम्मानमा मौन धारण गरे। उनले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन पनि नेपालले प्रयास गरिरहेको बताए ।
प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार