Deshko News
१४ मंसिर २०८०, बिहिबार

यसवर्ष भारतीय सयपत्री मालाको आयात बन्द


 


काठमाडौं, कार्तिक १५ । यस वर्ष तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको छ ।

सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेसंगै भारतीय सयपत्रीको माला आयात नहुने भएको हो ।

बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस गर्ने काम १ कात्तिकबाटै रोक लगाइएको जनाइएको छ ।

केन्द्रका अनुसार यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएका कारण अनुमति पत्रको सिफारिस रोकिएको हो ।

यस वर्ष सरकारी तथा निजी संस्थाको संयन्त्रबाट अनुगमन कडा गरिने र अवैध भेटिएमा जफत र दण्ड जरिवाना हुने पुष्प विकास केन्द्रले जनाएको छ ।

पुष्पजन्य सामग्री आयात गर्दा पुष्प विकास केन्द्रको सिफारिसमा मात्र प्रवेश इजाजत पत्र जारी हुने गरेको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्