नेपाल विश्वकपमा छनोट भए नोबेल अस्पतालले १५ लाख दिने, फाइनल पनि जिते ५ लाख थप्ने

काठमाडौँ, कार्तिक १५ । नोबेल मेडिकल कलेजले नेपाली टोली आईसीसी टी–२० विश्वकपमा छनोट भए १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
साथै जारी प्रतियोगिताको फाइनलसमे लिते थप ५ लाखसमेत दिने उल्लेख गरिएको अस्पतालले विज्ञप्ति जारी गरेर जनाएको छ ।
विराटनगरस्थित मेडिकल कलेजले नेपाली क्रिकेट र खेलाडीहरूको सम्मानमा उक्त घोषणा गरेको बताएको छ ।
क्रिकेट छनोट खेलिरहेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । नेपालले समूह बिजेताको लागि बिहीबार ओमानसंग खेल्दैछ ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार