तारा एयरका दुई पाइलटबीच विमानस्थलमै कुटाकुट, कम्पनीले गर्यो निलम्बन


 


काठमाडौँ, कार्तिक १७ । रामेछापको मन्थली विमानस्थलमा आज विहानै दुई पाइलटबिच कुटाकुटको भएको छ ।

काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुटको भएकाे हो ।

शुक्रवार बिहान लुक्लाका लागि काठमाडौँबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ ।

यो घटनामा कम्पनी वा फ्लाइटको कुनै सम्बन्ध नभएको जिकिर गरेको छ । तर कम्पनीले घटनामा संलग्न दुई जना पाइलटलाई नै निलम्बन गरिसकेको जनाएको छ ।

घटनामा संलग्न पाइलटहरूमाथि छानबिन गर्न आन्तरिक छानबिन समिति समेत बनिसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्