Deshko News
१२ मंसिर २०८०, मंगलबार

रिगललाई जिल्ला अदालतले पठायो बाँके कारागार


 


काठमाडौं, कार्तिक १७ । योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तानका लागि जिल्ला अदालत बाँकेले कारागार पठाएको छ ।

सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो।

जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले रिगललाई कारागार चलान गरिएको बताए। उनका अनुसार अब रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ ।

रिगल गत असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति माफी पाउँदै जेलबाट छुटेका थिए । उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो।

रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन्।

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्