Deshko News
१२ मंसिर २०८०, मंगलबार

गृह मन्त्रालयमा आकस्मिक बैठक


 


काठमाडौं, कार्तिक १८ । भूकम्पपीडितको उद्दार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक बसेको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक बसेको हो । बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्दार निकायको प्रतिनिधित्व छ।

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामाग्री पठाइसकेको प्रवक्ता नारायण भट्टराईले बताए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जाजरकोट, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, सुर्खेत, बाँके र दाङका टोलीहरू उद्दारमा खटिएका छन्।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्दार र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।

पछिल्लो अपडेट अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु तथा ७० घाइते, पश्चिम रुकुममा ४० जनाको मृत्यु तथा ८५ जना घाइते भएको गृहमन्त्रालयको भनाई छ।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्