राउटेका महामुखिया महिनबहादुर शाहीको निधन

काठमाडौं,१९ कार्तिक । राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ ।
दैलेखको गुराँस गाउँपालिकाले प्रदान गरेको परिचय पत्रमा ९ भदौ २०१४ जन्ममिति भएका शाहीको आज बिहान ६६ वर्षको उमेरमा निधन भएको हो ।
शाहीको राउटे परम्परा अनुसार अन्तिम दाहसंस्कारसमेत गरिएको छ । महामुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन् ।
महामुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो ।
फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ । उनीहरू पाँच दिन अघिमात्रै बसाइ सरेका थिए ।
राउटे समूदायमा कुनै एक व्यक्तिको निधन भएमा हाल बसिरहेको ठाउँ छोड्ने प्रचलन रहि आएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार