Deshko News
१४ मंसिर २०८०, बिहिबार

दिल्लीमा वायु प्रदूषण उच्च, विद्यालय बन्द गरियो


 


काठमाडौं, कार्तिक २० । भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर बढ्दै गएको छ ।

प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि नयाँदिल्लीका प्राथमिक विद्यालयहरु बन्द गरिएको छ ।

द क्विन्टको हिन्दी संस्करणका अनुसार १० नोभेम्बरसम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । यसैगरी कक्षा ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइन माध्यमबाट हुने छ ।

दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताएका छन् ।

भारतीय मिडियाहरुका अनुसार दिल्लीको वायु प्रदूषण अति गम्भीर स्तरमा पुगेको छ ।

दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आइतबार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । यस्तो अवस्था अझै केही दिन कायम रहने सम्भावना रहेको भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ ।

वायु प्रदूषणबाट बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वास सम्बन्धी समस्याका दीर्घ रोगीहरु बढी प्रभावित भएका छन् । धेरै मानिसहरूमा आँखा पोल्ने, चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या देखा परिरहेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्