Deshko News
१४ मंसिर २०८०, बिहिबार

भूकम्प पीडितलाई राहत : नेकपा एसले बुझायो २५ लाखको चेक


 


काठमाडौं, कार्तिक २१ । नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट भूकम्प प्रभावितका लागि सरकारलाई २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

पार्टीले घोषणा गरेबमोजिम पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरूले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १ सय ५३ जनाको मृत्यु भएको थियो भने २ सय ५० भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्