Deshko News
१२ मंसिर २०८०, मंगलबार

आरती साह मृत्यु प्रकरण : धनुषाका एसपी खड्का हेडक्वार्टर तानिए


 


काठमाडौं, कार्तिक २१ । आरती साह मृत्यु प्रकरणमा धनुषाका एसपी विश्वराज खड्का प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् ।

साह परिवारमाथि कुटपिट गरेको आरोप लागेका एसपी खड्कालाई गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालय नक्साल तानिएको उपप्रधान एवं गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेराफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो।

झडपका क्रममा आरती साहकी बहिनी मनिषा, भाई प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप एसपी खड्कामाथि छ ।

यसअघि डिएसपी बेदप्रकाश गौतमलाई पनि प्रधान कार्यालय तानिसकेको थियो।

आरती साहको माइतीपक्ष मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै असार १ गतेदेखि माइतीघर मण्डलमा अनसन बसेका छन्।

धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । उच्चस्तरीय छानबिन समितिले छानबिन सुरू गरेको छ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्