Deshko News
१५ मंसिर २०८०, शुक्रबार

राष्ट्रपति पौडेल जाजरकोट पुगे


 


काठमाडौं, कार्तिक २१ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगेका छन् ।

भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न भन्दै राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेका हुन् । यस्तै उनी रुकुम पश्चिममा पनि पुग्नेछन् ।

भूकम्पपछि देशको अवस्था प्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

गत शुक्रबार राति गएको भूकम्पमा परेर ठूलो धनजनको क्षति भएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्