कांग्रेस गण्डकीका सांसदहरूले भूकम्पपीडितलाई १५ दिनको पारिश्रमिक दिने


 


काठमाडौं, कार्तिक २१ । भूकम्पका पीडितहरूको सहयोगका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसदहरूले १५ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेका छन्।

कांग्रेस गण्डकी संसदीय दल पदाधिकारी बैठकले १५ दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मंगलबार जारी गर्दै जानकारी दिए ।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना सांसद छन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्