धनगढीमा भन्सार छली ल्याइएका ‘सेक्स टोय’ बरामद


 


धनगढी, कार्तिक २१ । धनगढीमा भारतबाट अवैध रुपमा भित्र्याइरहेको अवस्थामा प्रहरीले सेक्स टोय अथात् यौन खेलौना बरामद गरेको छ ।

धनगढी उपमहानगरपालिका–१० मा भारतबाट अवैध रुपमा ल्याइएको दुई लाख ४२ हजार मूल्य बराबरको ४८ वटा सेक्स टोय बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए ।

उनका अनुसार बरामद गरिएको अवैध सेक्स टोय आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्