Deshko News
१६ मंसिर २०८०, शनिबार

भुतखोलामा डुबेर युवकको मृत्यु, हरेक वर्ष जान्छ ज्यान


 


बुटवल, कार्तिक २१ । पाल्पाको भुतखोलामा डुबेर एक युवकको मृत्यु भएको छ । भैरहवाबाट घुम्न आएका एक युवकको तिनाउ गाउँपालिका वडा नं. ३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का विमल आचार्यको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठका अनुसार भुतखोलामा रहेको पर्यटकीय स्थल (गहिरो दह) मा डुबेका आचार्यलाई उद्दार गरेर उपचारको लागि अस्पताल पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

आचार्यसँगै घुम्न आएकी युना दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

भुतखोलामा घुम्न जाने मध्ये कतिपयको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको बताइएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्