राहत सामग्री लिएर आए चिनियाँ सेनाका दुई विमान


 


काठमाडौं, कार्तिक २२ । भूकम्पपीडितका लागि राहत लिएर चिनियाँ सेनाको जहाज नेपाल आएको छ ।

चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेका हुन्।

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ पोखरा पुगेका छन् ।

चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँवाट कर्णाली पुर्याउनेछ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्