चीनबाट आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

पोखरा, कार्तिक । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि २ वटा चिनियाँ जहाजमा आएको राहत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेको हुन् ।
उक्त राहत सामग्री नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा पुर्याउने छ ।
प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार