एमालेले लोकमार्गकेन्द्रित विशेष अभियान चलाउने


 


काठमाडौं, कार्तिक २२ । नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको सचिवालय बैठकले मध्यपहाडी–पुष्पलाल लोकमार्गकेन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

तीन सातासम्म चल्ने महाअभियानको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्नेउपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

अभियानको तयारीका लागि मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि भएको उनले बताए ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्