Deshko News
१५ मंसिर २०८०, शुक्रबार

महोत्तरीबाट एकैसाथ बेपत्ता भएका पाँच किशोरी धनुषामा भेटिए


 


जनकपुरधाम, कार्तिक २३ । महोत्तरीको औरही नगरपालिकाबाट एकैसाथ बेपत्ता भएका पाँचजना किशोरी धनुषामा फेला परेका छन् ।

प्रहरीले उनीहरुलाई धनुषाको ढल्केवरबाट फेला पारेर इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।

बाहिर जान लागेको उनीहरूलाई स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका हुन् ।

जिल्लाको औरही नगरपालिका २ का १६ वर्षीय वसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मङ्गलवार साँझदेखि सम्पर्कविहीन भएका थिए ।

महोत्तरी प्रहरीले ती किशोरीहरूलाई ल्याउन इलाका प्रहरी कार्यालय गौशालाको टोली पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी एवं प्रवक्ता दिलीप गिरीले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान पश्चात् जानकारी दिने डिएसपी गिरिले जानकारी दिए ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्