Deshko News
१४ मंसिर २०८०, बिहिबार

अछाममा हत्या गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ


 


काठमाडौं, कात्तिक २३ । अछामको पञ्चदेवल विनायकमा एक जनाको हत्या गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् ।

पञ्चदेवल नगरपालिका वडा नं. ८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा शाहीकै छिमेकी लक्ष्मी सुनार पक्राउ परेकी हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको कार्यालयमा प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए ।

सुनारसहितका व्यक्तिहरुको संलग्नतामा शाहीको कात्तिक १७ गते हत्या भएको प्रहरीको आरोप छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्