कैलाली प्रहरीको थुनामा रहेका व्यक्तिको मृत्यु

धनगढी, कार्तिक २३ । कैलाली प्रहरीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ ।
थुनामा रहेका धनगढी उपमहानगरपालिक १६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको बिहीबार मृत्यु भएको हो ।
साेही ठाउँका ३८ वर्षीय लालबहादुर थापाको हत्या आरोपमा सेट्टीलाई प्रहरीले तीन दिनअघि पक्राउ गरेर थुनामा राखेको थियो ।
उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका दाई गणेश सेट्टीले बयान लिने क्रममा हर्ट अट्याक भएर मृत्यु भएको भनेर खबर आएको बताएका छन् । उनका अनुसार उनलाई पक्राृ गरेर ल्याउन उनी स्वस्थ थिए ।
प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार