भावी प्रधानसेनापतिमा अघि सारिएका उपरथी पाण्डेले दिए राजीनामा

काठमाडौं, कात्तिक २४ । भावी प्रधानसेनापतिको रुपमा अघि सारिएका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।
पाण्डेले राजीनामा रक्षा मन्त्रालयमा पठाइएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको आरोप लागेपछि लगत्तै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो ।
चार दिनअघि मात्रै पाण्डेको उमेर विवादमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको थियो ।
यसपछि छानबिनका लागि रथी सीताराम खड्काको नेतृत्वमा सेनाको कानून हेर्ने प्राड विवाकका प्रमुख रत्नप्रकाश थापा र अर्का एक जना सदस्य रहेको समिति बनाइएको थियो ।
समितिले छानबिनका क्रममा जन्ममितिमा कैफियत भेटेपछि उपरथी पाण्डेले राजीनामा दिएका हुन् ।
प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार