राप्रपाका केन्द्रीय सदस्य पुनसहितका नेता राप्रपा नेपालमा प्रवेश

पोखरा, कार्तिक २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर आचार्य राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
राप्रपा नेपाल कास्कीले शुक्रबार चाउथेमा आयोजना गरेको कार्यक्रममा राप्रपा कास्कीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् ।
नेता राजाराम बर्तौलाका अनुसार कार्यक्रममा नेपाली कांग्रेस कास्कीका पुर्वकोषाध्यक्ष ऋषि सापकोटा, नेता खेम बहादुर गुरुङ, गुरुदत्त पहाडी, नेविसंघका बिराज कार्की लगायत पनि राप्रपा नेपाल प्रवेश गरेका छन् ।
प्रवेशीहरुलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे । उनले राप्रपा नेपाल राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको रुपमा स्थापित भएरै छाड्ने बताए ।
प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार