हिउँचितुवाको आक्रमणबाट ७७ च्याङ्ग्रा मरे, रित्तियो गोठ


 


पोखरा, कार्तिक २५ । मुस्ताङको उत्तरी क्षेत्र ढाकमारमा हिउँ चितुवाको आक्रमणबाट ७७ च्याङ्ग्रा मरेका छन् ।

जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका २ मा पर्ने उक्त गाउँमा हिउँचितुवाले किसानको गोठमै छिरेर च्याङ्ग्रालाई आक्रमण गरेको हो ।

स्थानीय छिरिङ गुरुङले चार वटा चितुवा एकै पटक छिरेर आक्रमण गरेको र ठूलो क्षति पुर्याएको बताए । उनको करिब ३० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

मुस्ताङ प्रहरी प्रमुख भोज पाण्डेका अनुसार गोठमा ८० वटा च्याङ्ग्रा थिए । बचेकाहरु पनि घाइते छन् । घटनास्थलमा जनप्रतिनिधि र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका प्रतिनिधिलगायत जाँदै छन् ।

प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्