पहिरोले स्काइभेटर पुरियो, चालकको मृत्यु

सुर्खेत, कार्तिक २५ । कालीकोटमा सडक निर्माणका क्रममा पहिरोले पुरिएर स्काइभेटर परिँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार कर्णाली करिडोरको कालेखोला–खुलालु खण्ड विस्तारका क्रममा माथिबाट खसेको चट्टानसहितको पहिरोले पुरिएर चालक २६ वर्षीय धीरप्रसाद सञ्ज्यालको मृत्यु भएको हो ।
मृतक सञ्ज्याल पचालझरना–८, खडितोलीका स्थायी बासिन्दा हुन् । शुक्रबार पहिरो गए पनि शनिबार बिहान मात्र मृतकको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन केसीले जानबारी दिए ।
प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार