Deshko News
१५ मंसिर २०८०, शुक्रबार

काठमाडौँमा सञ्चालनमा ल्याइयो विद्युतीय माइक्रो बस


 


काठमाडौँ, कार्तिक २६ । सिजी मोटर्सले बिक्री वितरण गर्दै आइरहेको किङ्लङ विद्युतीय माइक्रो बसहरू काठमाडौँका विभिन्न रुटहरूमा सञ्चालनमा आएका छन् ।

काठमाडौँमा ३ ठाउँबाट सर्भिस सुविधा लिन सकिने गरि विद्युतीय माइक्रो बसहरू सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

किङ्लङ माइक्रो बस १४ र १९ सिटर गरी दुई मोडेलमा नेपाली बजारमा उपलब्ध छन् ।

विश्वको नम्बर १ ब्याट्री निर्माण कम्पनी सिएटिलद्वारा निर्मित ब्याट्रीको प्रयोग भएको गाडीमा एक पटक फुल चार्ज गर्दा ३०० किमि चल्ने कम्पनीले उल्लेख गरेको छ । १८० मिमी ग्राउन्ड क्लियरेन्स भएको गाडी नेपालको बाटो र माटो सुहाउँदो रहेको छ ।

हरेक ५ वटा गाडीमा एउटा फास्ट चार्जर दिँदै आएको जानकारी दिँदै कम्पनीले नेपाल भर ३० स्थान भन्दा धेरै ठाउँमा चार्जर स्थापना भैसकेको र थप ५० भन्दा धेरै ठाउँ मा चार्जर जडान गर्ने लक्ष्य लिएको जनाएको छ ।

एउटा डिजेल माइक्रो बस दैनिक १५०–२०० किमि चल्दा रु ५०००-७००० डिजेल खपत हुने देखिन्छ । सो हिसाबले काठमाडौँमा सञ्चालनमा रहेका ३००० डिजेल माइक्रोबस विस्थापित हुँदा दैनिक २ करोड १० लाख डिजेलको बचत हुन सक्ने बताइएको छ ।

सञ्चालनमा आएका माइक्रो बसहरू बागमती प्रदेश सरकारको नीति तथा महानगरपालिकाको अवधारणा अनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात चलाउने विधि अन्तर्गत पर्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्