Deshko News
१४ मंसिर २०८०, बिहिबार

नवलपरासीमा जिप दुर्घटना, ६ जनाको मृत्यु


 


नवलपरासी, कात्तिक २६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप  देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

दुर्घटनामा एक जना घाइते भएका छन् । एकजना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । जिपमा ७ जना सवार थिए ।

मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्