इजरायल-लेबनान सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप
काठमाडौं, कार्तिक २७ । लेबनान र इजरायलको सीमा क्षेत्रमा हिजबुल्लाह र इजरायली सेनाबीच झडप भएको छ ।
जबुल्लाह नेता हसन नसरल्लाहको शनिबारको भाषणपछि सीमा क्षेत्रमा झडप बढेको हो ।
आइतवार, हिजबुल्लाहले इजरायली सैनिक र स्थानहरूलाई लक्षित गरी धेरै आक्रमणहरू गरेको दाबी गरेको छ ।
हिजबुल्लाह समर्थित टिभी च्यानल अल मनारको रिपोर्ट अनुसार हिजबुल्लाहले उत्तरी इजरायलको डोवेभ क्षेत्रमा सवारी साधनको लस्करलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा छ जना इजरायली सैनिक घाइते भएको बताएको छ।
इजरायली सेनाले पनि एन्टिट्याङ्क मिसाइल आक्रमणमा आफ्ना सैनिक घाइते भएको पुष्टि गरेको छ र एक सैनिकको अवस्था चिन्ताजनक रहेको जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहविरुद्ध जवाफी कारबाही गरेको दाबी गरेको छ ।
लेबनानी मिडिया रिपोर्टका अनुसार दक्षिणी लेबनानका धेरै नागरिक क्षेत्रमा इजरायलले आक्रमण गरेको छ ।
प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार