तिहार–छठ बिदामा कहाँ–कहाँ खुला छन् माछापुच्छ्रे बैंकका शाखाहरु ?

काठमाडौं, कार्तिक २७ । माछापुच्छ्रे बैंकले तिहार र छठका बेलामा पनि बैंकिङ सेवा दिइरहेको छ ।
बैंकले विदामा पनि बैंकका विभिन्न शाखाबाट सेवा दिइरहेका. जनाएको छ ।
बैंकका अनुसार तिहारमा २६ गते (लक्ष्मी पूजा), २७, २८ र ३० गतेसम्म र छठमा मंसिर ३ गतेको बिदामा बैंकका सातवटै प्रदेशमा रहेका शाखा खुला हुनेछन् ।
३० गते भने काठमाडौंको थापाथली शाखा मात्रै खुला हुने बैंकले जनाएको छ । २९ गते भाइटिकाको दिन भने बैंकको सेवा बन्द हुनेछ ।
बैंकले सेवा दिने अधिकांश शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ । केही शाखाहरु भने दिउँसो २ बजेसम्म पनि खुला रहनेछन् ।
देशभरका विभिन्न शाखाहरुबाट सेवाग्राहीहरुको सुविधालाई ध्यान दिँदै बिदाको दिन पनि शाखाहरु खुल्ला गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार