सिन्धुली कारागारमा एक जना थुनुवाको मृत्यु

काठमाडौं, कात्तिक ३० । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।
जिल्लाको दुधौली नगरपालिका(१० का ३० वर्षीय विमल थापाको बुधबार राति कारागारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए ।
बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पताला पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालको भनाइ छ ।
विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।
प्रहरीका अनुसार उनी सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा रहेका थिए ।
प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहिबार