माधव नेपाललाई झड्का– महोत्तरीका जिल्ला अध्यक्षसहितका नेताहरु एमाले प्रवेश

काठमाडौं, कात्तिक ३० । नेकपा (एकीकृत समाजवादी) महोत्तरी जिल्ला अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् ।
नेकपा (एस) परित्याग गरी उनी पुरानै घर नेकपा (एमाले) प्रवेश गरेका छन् । यादवलाई एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टीमा स्वागत गरे । उनीसहित जिल्ला कमिटी र नगर कमिटीमा रहेका नेताहरुले पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् ।
महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले दसैं, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुले नेकपा (एस) परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।
प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहिबार