कोमल ओलीलाई मातृशोक
काठमाडौँ, मंसिर २ । गायिका कोमल ओलीलाई मातृशोक परेको छ ।
उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा आज दिउँसो ११ बजेर ४२ मिनेटमा निधन भएको हो ।
हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट ग्रसित ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।
१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।
दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।
दीपा ललित ट्रस्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् ।
प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार