कति छ आज सुनको मूल्य ?

काठमाडौं, मंसिर ३ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सुन आज पनि प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।
गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार