मंसिर ७ काे प्रदर्शनलाई सरकारले दमन गर्न सक्ने दुर्गा प्रसाईकाे चिन्ता


 


काठमाडौँ, मंसिर ३ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आगामी मङ्सिर ७ गते सङ्घीय राजधानी काठमाडौँमा प्रदर्शनमा सबैलाई सहभागी हुन आग्रह गरेको छ ।

अभियानले सूचना जारी गर्दै उक्त प्रदर्शनमा सबैलाई सहभागी हुन आह्वान गरेको हो । साथै उक्त अभियानलाई सरकारले दमन गर्ने रणनीति बनाएको आरोप लगाउँदै अनुगमनका लागि पत्रकार तथा नागरिक समाजलाई आग्रह गरेको छ ।

मङ्सिर ७ गते नै एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालले पनि काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गर्दै छ ।

दुवै प्रदर्शन एकै दिन आयोजना गरिएकोले मुठभेड हुनसक्ने आशंकासमेत गरिएको छ । सरकारले पनि यस विषयलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्