स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश पारित गर्दै

काठमाडौं, मंसिर ३ । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले प्रस्तावित लाभांश सहितका प्रस्ताव पारितका लागि साधारण सभा बोलाइएको छ ।
बैंकले विविध प्रस्ताव पारितका लागि मङ्सिर २४ गते ३७औं वार्षिक साधारण सभा बोलाएको हो ।
कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लाब, भद्रकाली, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
यस वर्ष बैंकले कर समेत १९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश वितरणको प्रस्तावलाई पनि सभाले अन्तिम रुप दिनेछ ।
साथै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार