पार्टी एकताका लागि फेरि जुटे माओवादी र समाजवादी पार्टी
काठमाडौं, मंसिर ३ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्न छलफल भएको छ।
माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र समाजवादीका वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठलगायतबीच आज (आइतबार) छलफल भएको विज्ञप्ति जारी जानकारी दिइएको हो ।
छलपलमा पार्टी एकताको लागि दुवै पार्टीलाई एकता संयोजक समिति गठन गर्न सुझाव दिनेबारे छलफल भएको छ ।
‘दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो,’ जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार