किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

बर्दिया, मंसिर ३ । बर्दियामा एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको बारबर्दिया नगरपालिका-८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार