Deshko News
१४ मंसिर २०८०, बिहिबार

एकीकृत पार्टीको प्रतावित नाममा बाबुरामको असहमति


 


काठमाडौं, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकिकृत पार्टीको प्रस्तावित नामबारे अध्यक्ष बाबुरकम भट्टराई असहमिति जनाएका छन् ।

पार्टी एकताका लागि छलफल जारी रहादा प्रस्ताव गरिएको नाममा नेकपा शब्द कायमै राख्ने विषयमा अध्यक्ष भट्टराईले भने असहमति जनाएका हुन् ।

यसै विषया पार्टीभित्र विवाद भएपछि उनले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएका छन् ।

अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ, महासचिव रमेश यादव लगायत नेताहरू पूर्वसहमति अनुसार पार्टी एकताका पक्षमा रहेका छन् ।

आज (आइतबार) दुई पाटीका वार्ता टोलीबीच भएको छलफलमा नेकपा कायमै राखेर पछाडि समाजवादी थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाकै वार्ता टोली संयोजक संयोजक गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्