Deshko News
१५ मंसिर २०८०, शुक्रबार

यी चार जिल्लामा सोमबार पनि सार्वजनिक विदा


 


काठमाडौं, मंसिर ३ । लुम्बिनी प्रदेश सरकारले भोलि मंसिर ४ गते (सोमबार) पनि प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिएको छ ।

प्रदेश गृहमन्त्रालयले सूचना जारी गर्दै छठ पर्वको समापनको अवसरमा प्रदेशका चार जिल्लाहरुमा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

प्रदे् सरकारले छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको प्रदेशको गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

छठको पर्वको अवसरमा आज देशैभर सार्वजनिक विदा दिइएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्