Deshko News
१४ मंसिर २०८०, बिहिबार

माइतीघरमा टिकटकरले गरे प्रदर्शन


 


काठमाडौँ, मंसिर ४ । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा आइतबार राजधानीको माइतीघर मण्डलामा टिकटकरले प्रदर्शन गरेका छन् ।

टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने माग गर्दै उनीहरूले सरकारको विरोधमा विभिन्न नारासहित प्रदर्शन गरेका हुन् ।

‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ रु।।।लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन् ।

आज (सोमबार) नै सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ हुँदैछ । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० रिट दायर गरिएका छन् ।

सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्