बन्यो सामाजिक सञ्जाल निर्देशिका, अब ‘फेक आइडी’बाट कमेन्ट पनि गर्न नपाइने

काठमाडौँ, मंसिर ४ । नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यसहित ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ तयार पारेको छ ।
निर्देशिका बनेसँगै नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म अनिवार्य रुपमा सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुनपर्नेछ ।
यस्तै, अबदेखि सामाजिक सञ्जालमा ‘फेक आइडी’ खोलेर कन्टेन्ट क्रियट समेत गर्न नपाउने र सेयर तथा कमेन्ट समेत गर्न नपाइने व्यवस्था निर्देशिकामा छ ।
तयार पारिएको निर्देशिका अनुसार फेक आइडी (पेज वा समूह) सिर्जना गरेर विषयवस्तु उत्पादन, सेयर वा अरूको विषयमा कमेन्ट गर्न पाइनेछैन ।
प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार