Deshko News
१६ मंसिर २०८०, शनिबार

युवा संघ र दुर्गा प्रसाईं समूहलाई माइतीघरमा प्रदर्शन गर्न नदिइने


 


काठमाडौं, मंसिर ४ । नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहलाई माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिइने भएको छ ।

युवा संघ र प्रसाई समूहले यही मंसिर सात गते काठमाडौंमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय गरेको हो । दुवै पक्षलाई एकै स्थानमा प्रदर्शन गर्न दिँदा झडप समेत हुन सक्ने भन्दै पशशनले छुट्टाछुट्टै स्थान तोकिदिने तयारी गरेको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्