दुई किलो कोकिनसहित भारतीय महिला विमानस्थलबाट पक्राउ
काठमाडौँ, मंसिर ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो कोकिनसहित एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नागरिक ३२ वर्षीया किम्रो साङ्गीलाई भुटान जान लागेको अवस्थामा पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी गोविन्द थपलियाले बताए ।
प्रहरीका अनुसार उनी कतारको दोहबाट त्रिभुवन विमानस्थलमा ओर्लिएर भुटान जान लाग्दा पक्राउ परेकी हुन् ।
आरोपीत महिलाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार