ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कांग्रेस नेतासहित दुईजनाको मृत्यु
बुटवल, मंसिर ४ । रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
ना ६ ख ८१६१ ट्रकले बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेको लु ४९ प २२३० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा कांग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो ।
ट्रकले देवकोटा र क्षेत्रीलाई ड्राइभरटोलमा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।
मृतक दुवै जनाको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार