Deshko News
१२ मंसिर २०८०, मंगलबार

लागु औषधसहित एक युवक पक्राउ


 


स्याङ्जा, मंसिर ४ । स्याङ्जामा एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ रैते बस्ने २८ वर्षीय दिलबहादुर क्षेत्रीलाई सोमबार दिउँसो नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

घरमा लागुऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी अर्जुनचौपारी स्याङ्जाबाट खटिएको प्रहरीले उनलार्य घरबाट उक्त लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट डाइजेपाम २९ एम्पुल , प्रोमेथाजिन ४२ एम्पुल र ब्रुप्रेनोर्फिन ३९ एम्पुलसहित प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्