एमाले इलामले सुहाङसहित ६ जनाको नाम सिफारिस

इलाम २ चैत। नेकपा एमालेले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने ६ जनाको नाम सिफारिस गरेको छ ।
एमाले इलामले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राईको नाम केन्द्र पठाएको छ ।
एमाले इलाम जिल्ला कमिटीले इच्छुकहरुबाट उम्मेदवार हुन आह्वान गरेर आएका नामलाई केन्द्रमा पठाएको हो । उम्मेदवार छान्न जिल्ला पार्टी कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी गठन भएको थियो । उम्मेदवारको अन्तिम टुङ्गो पार्टी केन्द्रले गर्नेछ । सुवास चन्द्र नेम्वाङको निधनका कारण रिक्त क्षेत्रमा वैशाख १५ गते चुनाव हुँदैछ । त्यसका लागि चैत २४ गते मनोनयनको मिति निर्वाचन आयोगको तोकेको छ ।
प्रकाशित मिति: ४ चैत्र २०८०, आइतबार