नाउपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

धनगढी, चैत १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा सहभागी हुन आग्रह गरका छन् ।
नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुसंगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवम् टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए । फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए ।
उनका अनुसार नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको छ ।
यद्यपि नाउपा अहिले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी छ । यसबारे भने कुनै निर्णय नभएको मेयर डंगौराले बताए ।
प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार