निःशुल्क बस सेवा



काठमाडौँ, पुस १८

काठमाडौं उपत्यकाबाट चन्द्रागिरी केबुलकार चढ्न जाने यात्रुका लागि निःशुल्क बस सेवा सुरु भएको छ ।  चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न जाने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निःशुल्क बस सेवाको व्यवस्था गरेको हो । हरेक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरको भाटभटेनी सुपर मार्केटबाट बस छुट्नेछन् ।

महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँ बषपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरी केबलकार पुग्नेछ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरी केबलकार पुग्ने छ ।

चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले थानकोटस्थित चन्द्रागिरी हिल्स लिमिटेडको परिसरमा निःशुल्क बस सेवाको शुभारम्भ गरे । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरी घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News